काठमाडौं, एजेन्सी - युएईमा जारी १३ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज किंग्स ११ पञ्जाब र राजस्थान रोयर्ल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयानुसार शेख जियाज रंगशालामा साँझ ७:४५ बजे हुनेछ ।

पछिल्लो पाँच खेलमा अपराजित रहेको पञ्जाबलाई अंक तालिकाको सातौं स्थानमा रहेको राजस्थानले चुनौती दिन लागेको हो । पञ्जाबलाई आजको खेल जित्नैपर्ने दबाब छ । चौथो स्थानमा रहेको पञ्जाबलाई प्ले अफमा स्थान बनाउन आजको खेल महत्वपूर्ण हुनेछ ।यता, राजस्थानको भने प्ले अफमा पुग्ने सम्भावना भने झिनो रहेको छ ।

पञ्जाब केएल राहुलको नेतृत्वमा क्रिस गेल, ग्लेन म्यासवेल, म्यानक अग्रवाल, निकोलस पुरनलगायतका अनुभवी खेलाडीको साथमा उत्कृष्ट लयमा छ । सिजनको सुरुवातमा धरमराएको पञ्जाबले पछिल्ला पाँच खेलमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

यता, राजस्थानमा पनि अस्ट्रेलियन क्रिकेटर स्टेभ स्मिथको कप्तानीमा सञ्जु सामसन, जोस बटलर, बेन स्टोक्सलगायतका खेलाडी छन् ।

पञ्जाबलाई आज बदला लिने अवसर समेत रहेको छ । यी दुई टोलीबीच भएको पछिल्लो खेलमा राजस्थानले पञ्जाबलाई ४ विकेटले हराएको थियो ।