काठमाडौं उपत्यकामा थपिए १ हजार ५३३ कोरोना संक्रमित
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ५३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ जनामा संक्रमण पुष्टि भएको हो । शनिबार मात्र उपत्यकामा १ हजार ५१२ जनामा संक्रमण देखिएको थियो ।
नेपालमा आज थप २ हजार ८१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ८१२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ५७ हजार ९२६ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोनाबाट थप २१ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १०८ पुगेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस