धादिङ - चितवनबाट काठमाडौं जाँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा परेको छ। 

धादिङको गल्छी गाउँपालिका–७ मच्छेडी खोलामा चितवनबाट काठमाडौं जाँदै गरेको भारतीय न एचआर ३८एएल ३३६७ ग्यास बुलेट दुर्घटनामा परेको हो।

दुर्घटनामा परेर बुलेटकका चालक घाइते भएका छन् ।

दुर्घटनाका कारण मुग्लिन–काठमाडौं सडकखण्ड अवरुद्ध भएको छ।

सडकमा पल्टिएको बुलेटबाट ग्यास लिक भएपछि प्रहरीले आवागमनमा रोक लगाएको हो ।