सरकारले ट्याक्सी ड्राइभर र सुन बोक्ने भरियालाई समातेर मालिकको संरक्षण गर्याे : रवि लामिछाने
खबर एक्सप्रेस
२०८०-०४-१० ०४:२१ मा प्रकाशित
Total Shares: 131
काठमाडाैं-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करीका नाइकेलाई सरकारले संरक्षण गरेको आरोप लगाएका छन् । बुधबार संसद बैठकमा बोल्दै सांसद लामिछानेले सरकारले ट्याक्सी ड्राइभर र सुन बोक्ने भरियालाई समातेर मालिकको संरक्षण गरेको आरोप लगाए ।
उनले सरकारले विभिन्न भ्रष्टाचारका प्रकरणमा अलि अलि गर्न खोजेजस्तो गर्ने तर जरासम्म नपुग्ने गरेको बताए । उनले सुन तस्करी प्रकरणबारे रास्वपाले संसदमा संकल्प प्रस्ताव पेश गरेको जानकारी दिँदै त्यसमाथि छलफल गराउन सभामुखसँग आग्रह गरे ।
फेसबुक पेज Like गर्नुहोस