आज नाग पंचमी: भुलेर पनि नगर्नुहोस् यस्तो कार्य
काठमाडौं - साउन शुक्ल पञ्चमीका दिन नागस्थानमा दूध, दुबो, जल चढाएर धूपधुवाँर गर्दै नाग पञ्चमी पर्व मनाइँदै छ । शास्त्रमा अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कोटक, शङ्ख, पद्म, महापद्म गरी आठ नागको विशेष महत्व रहेको वर्णित छ ।
नाग पञ्चमीका दिन नागको तस्बिरलाई घरको मूल प्रवेशद्वारमा टाँसेर अर्चना गर्दै यी नागप्रति श्रद्धा व्यक्त गर्ने प्रचलन छ ।यसरी बिभिन्न नागको चित्र घरमा टास्नाले चट्याङले नहान्ने, आगो तथा सर्पको भए नहुने हाम्रो धार्मिक आस्था तथा विस्वास रहिआएको छ ।
श्रावण शुक्ल पंचमि तिथिका दिनबाट वर्षायाम समाप्त भई हिउँद शुरु भएको मानिन्छ । ज्योतिष शाष्त्रीय मान्यता अनुशार आजको दिन कुनै शुभ तथा मांगलिक कार्य गर्न साईत हेर्नु पर्दैन भन्ने बिश्वास रहदै आएको छ । कुनै पनि घर तथा बंगाला निर्माण गर्दा भुमिमा नाग देवाताको बास भए बिधिवत रुपमा पूजा आजा गरि पन्छाए नागको दोषबाट मुक्त हुन धार्मिक जन बिश्वास रहि आएको छ ।
नाग पंचमिको दिन हिन्दु धर्मावलम्बिहरुले दिनभर व्रत गरि सूर्यास्त भए पछि नाग देवताको मुर्तिमा बिभिन्न सामानहरु जस्तै फुल, प्रसाद तथा फलले पुजा आजा गरि प्रसाद बाढ्ने तथा आफुले पनि लिने गर्दछन् । यसरि श्रावण शुक्ल पंचमिको दिन श्रदा तथा भक्तिका साथ मनाईने यो पर्ब हिन्दुधर्मावलम्बिहरुले धुमधामका साथ मनाउने गर्दछन् ।
आज भुलेर पनि नगर्नुहोस् यस्तो कार्य :
१.नाग पंचमीमा नागको पूजा अर्चन गरिन्छ । यस दिन नागलाई कुनै पनि दुःख तथा कष्ट दिनुहुदैन । यस दिन नागको संरक्षणको संकल्प भने लिनुपर्छ ।
२. शास्त्रमा उल्लेख भए अनुसार नाग पञ्चमीका दिन जमिन खनजोत गर्नुहुदैन् ।
३. नाग पंचमीका दिन साग समेत काट्नु हुदैन् । साउन महिनामा सागपातमा किरा पर्दछ जसका कारण खानुपनि हुदैन् ।
४. नाग पंचमीको दिन हलो समेत चलाउनु हुदैन् । जसका कारण सर्पको मृत्यु हुने डरका कारण यो वर्जित छ ।
५. नाग पंचमीकाे दिन कराइ तथा तावामा भोजन गर्नुहुदैन्र ।
६ नाग पंचमीको दिन नाग तथा सर्पलार्इ दूधले नुहाइदिने हो, दुध पिलाउने होइन् । वैज्ञानिक अनुसन्धानबाट सिद्ध भएको छ की सर्पहरूमा दूध पचाउने ग्रंथि हुदैन् । तसर्थ दूध ना तथा सर्पको लागि हानिकारक छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस