काठमाडौं, एजेन्सी - बलिउड अभिनेता सलमान खान अभिनीत चलचित्र ‘राधे’ मे महिनाको १३ तारिखबाट रिलिज हुने मिति तय गरिएको छ । पछिल्लो समय भारतमा दैनिक १ लाखभन्दा बढी कोरोना संक्रमित देखिन थालेपछि चलचित्रकर्मी चिन्तित बनेका छन् । यसले बलिउडलाई चिन्तामा पारिदिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

अभिनेता अक्षय कुमारको प्रमुख भूमिका रहेको चलचित्र ‘सूर्यवंशी’ को प्रदर्शन मिति समेत स्थगित गरिएको छ । यसैबीच सबैको नजर अभिनेता सलमान अभिनीत चलचित्र ‘राधे’ माथि परेको छ ।

सलमानले हालै दिएको एक अन्तर्वार्तामा महाराष्ट्रमा ३० अप्रिलसम्म लागू गरिएको रात्रीकालिन लकडाउन बढेको खण्डमा चलचित्र पोस्टपोन्ड गर्ने बताएका छन् । उनले, यदि मानिसले मास्क लगाएनन्, सरकारले दिएको निर्देशन पालना गरेनन् भने भारतमा कोरोना संक्रमितको संख्या बढ्ने समेत बताएका छन् ।

यसर्थ, ३० अप्रिलसम्मको लकडाउन र कोरोना संक्रमितको संख्याको अवस्था हेरेर मात्रै चलचित्र रिलिज के गर्ने भन्ने विषयमा निर्णय गरिने सलमानले जनाएका छन् । उनले यदि, यो वर्षको इदमा चलचित्र रिलिज हुन सकेन भने अर्को वर्षको इदमा रिलिज गर्ने पनि बताए । प्रभु देवाको निर्देशनमा बनेको यो चलचित्रमा अभिनेता सलमान र अभिनेत्री दिशा पटानी मुख्य भूमिका छ ।