मतदाता नामावली संकलन आजबाट स्थगित
खबर एक्सप्रेस
२०७९-०४-२० १०:०१ मा प्रकाशित
Total Shares: 178
काठमाडौं - आजदेखि मतदाता नामावली संकलन स्थगित हुने भएको छ । सरकारले बिहीबार आगामी मंसिर ४ गते देशभर एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकल स्थगित गरेको हो ।
मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाक प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन साउन २० गतेदेखि स्थगित हुने आयोगले जनाएको छ ।
साथै, अनलाइन प्रविधिमार्फत मतदाता नामावली संकलनका लागि अनलाइन फारम भरी औँठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूको हकमा साउन २१ (भोलि) सम्म औँठा छाप र फोटो लिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस