विभिन्न बहानामा काठमाडौँका गल्लीमा निस्कनेलाई पनि नियन्त्रणमा लिइने
खबर एक्सप्रेस
२०७७-०२-०२ ०६:३६ मा प्रकाशित
Total Shares: 381
काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको जोखिमलाई मध्यजर गर्दै लकडाउनमा थप कडाइ गर्ने बताएको छ ।
शुक्रबार दिउँसो बसेको जिल्ला सुरक्षा समितिको बैठकले विभिन्न बहानामा भित्री सडक तथा गल्लीमा निस्किने व्यक्तिलाई पनि नियन्त्रणमा लिने निष्कर्ष निकालेको हो ।
यस्तै, अत्यावश्यक अवस्थामा हिँड्ने गह्रौं सवारीसाधनलाई बेलुकी ८ बजेदेखि बिहान ६ बजेभित्र मात्र हिँड्न दिने प्रशासन जनाएको छ । प्रशासनले यसअघि जारी भएका सबै ई–पास र पहेँलो रङको पास पनि खारेज भएको बताएको छ । अब जारी हुने पास नीलो रङको हुने बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस