कुवेतविरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा
काठमाडौं - फिफा विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्ध हुने खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।
चारदिनपछि हुने कुवेत विरुद्धको खेलका लागि मुख्य प्रशिक्षक जोहान कालिनले चार दिनपछि हुने कुवेतविरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा गरेका हुन् ।
टोलीमा भरत खवास ‘कमब्याक’ भएका छन् । घोषित टोलीको गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ छन् ।
डिफेन्डरमा सरोज दाहाल, देबेन्द्र तामाङ, अन्नत तामाङ, समुन अर्याल, दिनेश राजवंशी, अजित भण्डारी र रन्जीत धिमाल छन् ।
मिडफिल्डमा सुनिल बल, अन्जन विष्ट, विक्रम लामा, रविशंकर पासवान, मिक्चेन तामाङ, रोहिच चन्द, सुजल श्रेष्ठ, सन्तोष तामाङ र तेज तामाङ छन् ।फर्वाडमा भरत खवास, नवयुग श्रेष्ठ, बिमल घर्तिमगर र अभिशेक रिजाल छन् ।
खेल मंसिर ३ गते भुटानमा हुँदैछ । घरेलु मैदानमा हुने खेल एकमात्र दशरथ रंगशाला निमार्णका क्रममा रहेकाले भुटानमा सारिएको हो ।
फेसबुक पेज Like गर्नुहोस