एमालेको आग्रहमा प्रतिनिधि सभा बैठक एक साता स्थगित
खबर एक्सप्रेस
२०७९-०५-०७ १२:५४ मा प्रकाशित
Total Shares: 263
काठमाडौं - प्रमुख प्रतिपक्ष नेकपा एमालेको आग्रहपछि प्रतिनिधि सभा बैठक एक सातालाई स्थगित गरिएको छ ।
आज मंगलबारदेखि १२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै एमालेले प्रतिनिधि सभा बैठक नराख्न सभामुख समक्ष आग्रह गरेको थियो ।
सोही आग्रहबमोजिम प्रतिनिधि सभा बैठक यही भदौ १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।
नेकपा एमालेको आज स्थायी कमिटी बैठक छ । यसैगरी ९ गते पोलिटव्यूरो, १० र ११ गते केन्द्रीय कमिटी तथा १२ गते निर्वाचन परिचालन कमिटीको बैठक बोलाइएको छ ।
आजको बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ टेबुल भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस