रिगलकाे आममाफीविरुद्ध परेकाे रिट न्यायाधीश मनोजकुमार शर्माको इजलासमा
खबर एक्सप्रेस
२०८०-०६-१८ १०:३५ मा प्रकाशित
Total Shares: 141
काठमाडौं-नेपालगञ्जका योगराज ढकाल‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथि सुनुवाइका लागि बिहीबार पेसी तोकिएको छ। न्यायाधीश मनोजकुमार शर्माको एकल इजालसमा सुनुवाइका लागि पेसी तोकिएको हो ।
रिगलले खुँडा प्रहार गरेर नेपालगञ्जका चेतन मानन्धरको हत्या गरेका थिए । चेतनकी पत्नी भारती शेर्पाले गत आइतबार रिगलको कैद सजाय मिनाहाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएकी थिइन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस