काठमाडौं - नेकपाको स्थायी समितिले बैठकले एकै व्यक्तिलाई दुई पटक राष्ट्रियसभामा नपठाउने निर्णय गरिपछि अर्थमन्त्री डा. युवराज खतिवडाले आज राजीनामा दिने भएका छन् । 

राष्ट्रियसभामा उनको कार्यकाल सकिन लाग्दा उनले राजीनामा दिने निर्णय गरेका हुन् ।

एकै व्यक्तिलाई दुई पटक राष्ट्रियसभामा नपठाउने निर्णय नेकपाको स्थायी समितिले बैठकले  गरिसकेको छ । अहिले राजिनामा दिएपनि फेरि ६ महिनासम्मलाई पनि अर्थमन्त्री बनाउन सकिने संवैधानिक प्रावधान छ । प्रधानमन्त्री के पी शर्मा ओलीले उनलाई अर्थमन्त्री पदमा टिकाइराख्न प्रयास जारी राखेका थिए ।