राजस्थानलाई हराउँदै आईपीएलमा बैंग्लोरको तेश्रो जित
काठमाडौं - रोयल च्यालेन्जर्स बैंग्लोरले ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा तेस्रो जित हात पारेको छ । लिगको १५ औं खेलमा राजस्थान रोयल्सलाई ८ विकेटले हराउँदै बैंग्लोर तालिकाको शीर्ष स्थानमा पुगेको हो । उसले ४ खेलबाट ६ अंक जोडेको छ ।
संयुक्त अरब इमिरेट्स् युएईको आबुधाबीमा आज भएको खेलमा राजस्थानले दिएको १ सय ५५ रनको लक्ष्य बैंग्लोरले ५ बल बाँकी छदा २ विकेट गुमाएर भेट्टायो । उसका लागि कप्तान विराट कोहलीले नटआउट ७२ रनको योगदान गरे । यस्तै देवदत्त पाडिक्कलले ६३ रन बनाए । एबि डि–भिलियर्सले १२ रन जोडे । राजस्थानका श्रेयस गोपाल र जोफ्रा आर्चरले १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले व्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । उसका लागि माहिपाल लोम्रोरले सर्वाधिक ४७, राहुल टिवेटियाले नटआउट २४, जोस बट्लरले २२, रोबिन उथप्पाले १७, तथा जोफ्रा आर्चर र रियान परागले समान १६ रन बनाए । बैंग्लोरका युजवेन्द्र चहालले सर्वाधिक ३, इसुरु उडानाले २ र नवदिप सैनीले १ विकेट लिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस