घनश्याम भुसालको दाबी : देशका अरू समाजवादी वामपन्थीहरूलाई एक ठाउँमा ल्याउँछौं
खबर एक्सप्रेस
२०८०-१०-१४ ०३:०५ मा प्रकाशित
Total Shares: 99
काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले अबको दुई वर्षभित्रमा देशका अरू समाजवादी वामपन्थीहरूलाई एक ठाउँमा ल्याउने दाबी गरेका छन् ।पार्टीको केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले आगामी दिनमा हामी सिद्धान्तनिष्ठ भएर अघि बढ्न पार्टीका नेता कार्यकर्तालाई आह्वान गरे ।उनले भने, ‘हामी डेढ दुईवर्षमा मुलुकमा वाम विकल्पको विकल्प दिन्छौँ भन्ने संकल्पका साथ उठ्यौँ भने हामीले पूरा गर्न सक्ने ठाउँमा छौँ ।’

.gif)



फेसबुक पेज Like गर्नुहोस