काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टिमले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ ९एन्फा० ले बिहीबार नेपालले जेठमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको जनाएको छ ।

इराकको बास्रा अन्तराष्ट्रिय रंगशालामा हुने मैत्रीपूर्ण खेल जेठ १५ (मे २९) मा हुनेछ । नेपालले हालसम्म इराकसँग ३ पटक खेलिसकेको छ । नेपालले तीनै खेल गुमाएको छ ।

पछिल्लो फिफा वरीयतामा इराक ६८ स्थानमा रहेको छ भने नेपाल १७१ औं स्थानमा रहेको छ ।