राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन
काठमाडौं - राष्ट्रकवि माधव घिमिरेको निधन भएको छ ।
राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको उनका छोरा राजीब घिमिरे जानकारी दिए । १ सय २ वर्षको उमेरमा आज काठमाडौंस्थित निवासमै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको हो । श्वासप्रश्वासमा समस्या आएपछि उनको निधन भएको थियो ।
घिमिरे १९७६ साल असोज ७ गते लमजुङ (पहिलेकाे बाहुनडाँडा गाविस) को भीरपुस्तुन भन्ने ठाउँमा जन्मिएका थिए । उनले कवितासँगै साहित्यका अन्य विधामा पनि कलम चलाएका छन् ।
घिमिरेले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद, लेख, प्रबन्धलगायतका क्षेत्रमा कलम चलाएका छन् । तीमध्ये राष्ट्रकवि घिमिरेका गौरी शोक काव्य सबैभन्दा चर्चित छ ।
उनका ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नरकिन्नरी’ आदि कविता सङ्ग्रह प्रकाशित छन् । स्वच्छन्दतावादी भावधाराका कवि घिमिरेका ‘गाउँछ गीत नेपाली’ जस्ता कैयौँ राष्ट्रिय भावका गीत तथा कविताहरू लोकप्रिय छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस