काठमाडौं-नेकपा एमाले वाग्मती प्रदेशको अधिवेशनमा आज मतदान हुँदै छ । उमेदवारको  अन्तिम नामावली प्रकाशन गरिएको छ । 

शुक्रवार बिहान प्रकाशित अन्तिम नामावलीमा अध्यक्षका दुईजना मात्र उम्मेदवार मैदानमा छन् । अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेलमात्र प्रतिस्पर्धामा उत्रेका छन् ।

उपाध्यक्षमा ईश्वर चन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायण प्रसाद  खतिवडा र राजेन्द्र राजथलाले उमेदवारी दिएका छन् ।सचिवमा नवराज सिलवाल र हस्त बहादुर पण्डितले उमेदवारी दिएका छन् । 

दुई उपसचिवका लागि ओमराज पन्त (अच्युत), कृष्णहरि थापा, खड्ग बहादुर खत्री, टासी लामा, डबल पाण्डे, प्रेम बहादुर महर्जन, रमेश महर्जन, राजेन्द्र श्रेष्ठ, भक्त कुमारी लामा र रिता गौतम ढकाल छन् ।

आज बिहान ८ बजेबाट मतदान सुरु गर्ने भनिए पनि उम्मेदवारको सूची प्रकाशित गर्न ढिला भएपछि मतदान सुरु हुने समय धकेलिएकाे छ ।