प्रतिनिधिसभा बैठक अनिश्चित समयको लागि स्थगित
काठमाडौं - प्रतिनिधि सभाको बैठक अनिश्चित समको लागि स्थगित भएको छ । सोमबार लागि बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ।
त्यस्तै, भोलिका लागि नै बोलाइएको राष्ट्रिय सभा समेत स्थगित भइसकेको छ । संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले विशेष कारणवस बैठक स्थगित भएको जानकारी दिए । यसअघि पुस २८ गतेका लागि तोकिएको राष्ट्रियसभा बैठक माघ ३ गते सम्मका लागि सारिएको थियो ।
पछिल्लो समय नेकपा एमालेले दुवै सदन अवरुद्ध गर्दै विरोध गर्दै आइरहेको छ । एमालेले हिउँदे अधिवेशनको सुरुदेखि नै बैठकमा विरोध जनाउँदै आएको हो । माधवकुमार नेपाल लगायतका सांसदलाई कारवाही वा सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा नभएसम्म संसद बैठकमा अवरोध कायमै रहने एमालेले बताउँदै आएको छ ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै अवरोध हटाउन आग्रह गरे पनि अवरोध कायमै रहने एमालेले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस