काठमाडौं-सेफ सन्तोष साह पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई जनकपुरबाट पक्राउ गरेको हो। गएराति उनलाई पक्राउ गरिएको हो।

साहमाथि गैरीधारास्थित एक रेष्टुरेन्ट खरिद गर्दा चेक अनादर ठगी कसुरमा पक्राउ गरिएको हो। उनीसँगै सोही कसुरमा नारायण साह पनि पक्राउ परेका छन्।

जिल्ला अदालत काठमाडौंले अनुमति दिएपछि पक्राउ गरिएको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जानकारी दिए।