बागमती प्रदेश कमिटीसँग सुझाव लिँदै कार्यदल, लगत्तै गुण्डुमा ओलीसँग छलफल
काठमाडौं - नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठक समसामयिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। बैठकलगत्तै सोही स्थानमा निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको आयोजनामा बागमती प्रदेशस्तरीय भेला सुरु भएको छ।
कार्यदलका संयोजक रामबहादुर थापा बादलसहितको सदस्यहरूको उपस्थितिमा हुने भेलाबाट सहभागीहरूबाट सुझाव सङ्कलन गरिनेछ।
बैठकपछि निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलसँग प्रदेशभित्र भूगोलसँग जोडिएका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा जिल्ला पदाधिकारीबिच अन्तरक्रियात्मक गर्ने सचिव महेश बस्नेतले बताए।
कार्यदलले भेला लिएलगत्तै दिउँसो ४ बजे प्रदेशभित्र भूगोलसँग जोडिएका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा जिल्ला अध्यक्षहरूको पार्टी अध्यक्ष निवास गुण्डुमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट कार्यक्रम तय गरिएको बताए।

.gif)



फेसबुक पेज Like गर्नुहोस