राष्ट्रपतिद्वारा रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी
खबर एक्सप्रेस
२०८०-०२-१४ ०८:१५ मा प्रकाशित
Total Shares: 98
काठमाडौं-राष्ट्रपतिबाट कैद सजाय भोगिरहेका ४८२ जनाले माफी पाएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा सोमबारदेखि लागु हुने गरी रमेश थलङ, उदय नारायण गिरीसहित ४८२ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
यसमा रेशम चौधरीसमेत समावेश गरिएका छन्। आइतबारमात्रै मन्त्रिरिषदको बैठकले चौधरीको सजाय माफी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो।
दफा ३७ मा ५० प्रतिशत कैद भुक्तान गरेका र चालचलनमा सुधार आएका कैदीको सजाय माफी दिन सक्ने व्यवस्था छ ।


.gif)



फेसबुक पेज Like गर्नुहोस