त्रिविको परीक्षा यथावत रहने
खबर एक्सप्रेस
२०७६-१२-०६ ०७:४१ मा प्रकाशित
Total Shares: 770
काठमाडौं - कोभिड १९ (कोरोना) भाइरसको संक्रमण त्रासका कारण बिहीबारदेखि विश्वविद्यालय तथा अन्य तहका पठनपाठन बन्द गर्ने निर्णय भए पनि परीक्षा भने यथावत रहने शिक्षा मन्त्रालयले स्पष्ट पारेको छ ।
मन्त्रालयका सचिव महेशप्रसाद दाहालले विश्वविद्यालय अन्तर्गत सञ्चालन भइरहेका र हुन लागेका परीक्षाको विषयमा कुनै पनि निर्णय नभएको बताए । ‘बुधबारको निर्णय अनुसार पठनपाठन मात्र बन्द गर्ने भनिएको हो । परीक्षाको विषयमा परिस्थिति हेरेर निर्णय गरिनेछ’, दाहालले भने ।
अन्नपूर्णबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस