काठमाडौं - यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएलमा आज दुई खेल हुँदैछ ।

पहिलो खेलमा मुम्बई इन्डियन्स् र सनराइजसं हैदरावादबीच खेल्दैछन् । खेल नेपाली समयानुसार शारजहा क्रिकेट स्टेडियममा दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

लिग तालिकाको तेस्रो स्थानमा रहेको मुम्बईले चौथो स्थानमा रहेको हैहरावादसँग खेल्न लागेको हो । रोहित शर्माको कप्तानीमा रहेको मुम्बईमा हार्दिक पाण्डे, ट्रेन्ड बोल्ट, जसप्रित बु्रमराह, केयरन पोलार्ड, क्वान्टन डि कक लगायतका अनुभवी र उत्कृष्ट खेलाडी रहेका छन् ।

यता, हैदरावादमा भने डेविड वार्नरको कप्तानमा केन विलियन्स, राशिद खान, जोन बेरिस्ट्रोलगायतका खेलाडी छन् । आजै हुने दोस्रो खेलमा किंग्स ११ पञ्जाब र चेन्नई सुपर किंग्सबीच खेल हुँदैछ । खेल दुबई अन्तराष्ट्रिय रंगाशालामा ७:४५ बजे सुरु हुनेछ ।

केएल राहुलको कप्तानीमा रहेको पञ्जाबले लिगमा पहिलो खेल जितेको थियो । पछिल्ला तीन खेलमा पराजित भएर तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

महेन्द्रसिंह धोनी, सुरेश रैना रहेको चेन्नई पनि एक खेलमा जित र तीन खेलमा पराजित हुँदै तालिकाको पुछारमा रहेको छ ।