काठमाडौं - सरकारले बालबालिकालाई खोप लगाउन फाइजरसँग ६० लाख डोज खरिद गर्ने भएको छ । १२ देखि १८ वर्ष उमेरका बालबालिकालाई लक्षित गर्दै सरकारले ६० लाख डोज फाइजर खोप खरिद गर्ने भएको हो ।

अमेरिकाको फाइजर एन्ड बायोटेक कम्पनीले उत्पादन गरेको खोप खरिद गर्न सरकारले कम्पनीसँग सम्झौता पनि गरेको छ । उक्त उमेर समूहका ५० लाख जनसंख्यालाई लक्षित गर्दै फाइजर खोप खरिद गर्न लागिएको हो । 

आगामी बैशाखसम्म खोप उपलब्ध गराउने फाइजरले जनाएको छ ।