मुम्बई आक्रमणको अभियुक्तलाई भारत पठाउन ट्रम्प तयार
काठमाडौं, एजेन्सी - सन् २००८ नोभेम्बर २६ मा मुम्बईमा भएको आतंकवादी आक्रमण घटनाको एक अभियुक्तलाई सुपुर्दुगी गर्न अमेरिका सहमत भएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बिहीबार ह्वाइट हाउसमा स्वागत गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले २६/११ मुम्बई आक्रमणका एक अभियुक्तलाई भारत सुपुर्दुगी गर्न अमेरिका तयार रहेको बताएका हुन् ।
मुम्बईमा भएको आतंकवादी हमलाको एक अभियुक्त तहववुर राना लस एन्जलसको जेलमा छन् । पाकिस्तानी मूलका क्यानाडेली नागरिक हुन् ।
ह्वाइट हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले अमेरिका एक हिंस्रक व्यक्तिलाई भारत फिर्ता पठाउन लागेको जानकारी दिए ।
मोदीले आफ्नो देशमा भएको आतंकवादी हमलामा संलग्नलाई सुपुर्दुगी गर्ने निर्णयप्रति ट्रम्पलाई धन्यवाद दिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस