कोशीका नवनियुक्त मुख्यमन्त्री थापाले लिए शपथ, दुई मन्त्री नियुक्त
खबर एक्सप्रेस
२०८०-०३-२२ १०:५१ मा प्रकाशित
Total Shares: 139
बिराटनगर - कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज बिहान शपथ खाएका छन्।
बिहीबार मुख्यमन्त्री पदमा नियुक्त थापालाई प्रदेश प्रमुख परशुराम खापुङले आज पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।
मुख्यमन्त्री थापाले नेपाली कांग्रेसका प्रदीप सुनार र नेकपा (एकीकृत समाजवादी)का कमल जबेगुलाई मन्त्रीमा नियुक्त गरेका छन् । उनीहरूको जिम्मेवारी भने तोकिएको छैन ।
कोशी प्रदेश नामाकरण परिवर्तन नहुने पहिलो अभिब्यक्ति दिएका मुख्यमन्त्री थापाले ३० दिन भित्र विश्वासको मत लिने जानकारी पनि गराएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस