पछिल्लो २४ घण्टामा थप १ हजार ३०४ जनामा कोरोना पुष्टि, २१ को मृत्यु
खबर एक्सप्रेस
२०७७-०८-१६ ०४:४६ मा प्रकाशित
Total Shares: 295
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ३०४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख १६ हजार ५९४ संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप २१ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५२९ पुगेको छ ।
नेपालमा हाल संक्रिय संक्रमितको संख्या १६ हजार ६३३ रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस