काठमाडौं - मंगलबार सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार  छापावाल सुनको भाउ तोलामा ९२ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ।

सोमबार छापावाला सुन तोलाको ९२ हजार ३ सयमा कारोबार भएको थियो।

यस्तै,  तेजाबी सुनको भाउ मंगलबार  तोलामा ३९५ रुपैयाँले बढेर ९२ हजार २ सय ६० रुपैयाँ पुगेको छ।

चाँदीको भाउ एकै दिन तोलामा ४० रुपैयाँले बढेर  तोलामा एक हजार ४० रुपैयाँ पुगेको महासंघले जनाएको  छ। चाँदी सोमबार तोलाको हजार रुपैयाँमा कारोबार भएको थियो।