आज थप ५४९ जनामा कोरोना पुष्टि, ५६९ जना संक्रमणमुक्त
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ५४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार १४५ र एन्टिजेन विधिबाट २ हजार ६०१ जनामा परिक्षण गर्दा ५४९ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख ११ हजार ८९७ र एन्टिजेनबाट ९४ हजार ४२८ जना पुगेको छ ।
यस्तै, आज थप ५६९ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ९० हजार ३५८ जना पुगेको छ । निको हुने दर ९७.३ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ३८८ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार १५१ रहेको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस