सिरी ‘ए’: इन्टर र एसी दुवै पराजित
काठमाडौं,एजेन्सी - इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्टसले शीर्षस्थानमा रहेको एसी मिलानलाई पराजित गरेको छ । गएराति भएको खेलमा युभेन्टसले मिलानलाई ३१ गोलअन्तरले पराजित गरेको हो ।
खेलको १८ औं मिनेटमा फेड्रिको किएजाले युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ४१ औं मिनेटमा डाभिडे कालाब्रियाले गोल गर्दै मिलानलाई पहिलो हाफसम्म बराबरीमा फर्काए । त्यसपछि ६२ औं मिनेटमा किएजाले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई पुनः अग्रता दिलाए ।
खेलको ७६ औं मिनेटमा वेस्टन म्याककेन्नीले गोल गर्दै युभेन्ट्सलाई ३-१ को सहज जित दिलाए । योसँगै अपराजित रहँदै लिगको शीर्षस्थानमा रहेको मिलानले पहिलो हार चाखेको छ । उक्त खेलमा मिलानका स्टार फरवार्ड ज्लाटान इब्राहिमोभिच चोटका कारण बाहिर रहेका थिए ।
जितसँगै युभेन्ट्सले १५ खेलमा ३० अंक जोडेर लिगको चौथो स्थानमा उक्लेको छ । पराजित मिलान भने १६ खेलमा ३७ अंक जोडेर शीर्ष स्थानमा कायम रहेको छ ।
यस्तै, अर्को खेलमा इन्टर मिलान साम्पडोरियासँग २-१ ले पराजित भएको छ । दोस्रो स्थानको इन्टरले १६ खेलमा ३६ अंक जोडेको छ । साम्पडोरिया २० अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस