नेपाली फुटबल टोली बंगलादेश प्रस्थान
काठमाडौं - नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बंगलादेशको ढाका प्रस्थान गरेको छ । बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोली बिहीबार बिहान ढाका प्रस्थान गरेको हो ।
बुधबार खेलाडीहरुलाई दशरथ रगंशालामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश कुमार शिलवालले बिदाइ गरेका थिए । टोलीलाई बिदाइ गर्दै फरवार्ड भरत खवास र गोलरक्षक किरण चेम्जोङलाई नेपालको राष्ट्रिय झन्डा संयुक्त रुपमा हस्तान्तरण गरिएको थियो।
बंगलादेश गएको टोलीमा २५ खेलाडी र ९ जना अफिसियल तथा पदाधिकारी छन्। चोटका कारण रोहित चन्दले बगंलादेशसँगको खेल गुमाउने भएका छन् । त्यस्तै, अन्य ७ खेलाडीले कोरोना भाइरसको सक्रमणको कारण मैत्रीपुर्ण खेल गुमाउने भएका छन् ।
बगंलादेश प्रस्थान गरेको टोलीमा अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दिप कार्की, दिलेन मोक्तान, जर्जप्रिस कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रन्जित धिमाल, रवि पासवान, सरोज दाहाल, सेसेहाङ आङदावे, सुवास गुरुङ,सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ रहेका छन्। नेपालले १३ र १७ नोभेम्बरमा ढाकाको बंगबन्धु रंगशालामा बंगलादेशसँग मैत्रीपुर्ण खेल खेल्नेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस