सुप्रिम सहकारी ठगी : रविको थुनछेक बहस सकियो, आदेश आजै आउने
बुटवल - बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ।
जिल्ला अदालत रूपन्देहीमा आज लामिछानेका कानुन व्यवसायीहरू, सरकारी वकिल र जाहेरवाला पक्षका वकिलले जबाफी बहस गरेका हुन्।
जवाफी बहसपछि रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले यो मुद्दामा आदेश गर्नेछ ।
न्यायाधीश योगीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिने वा सामान्य तारेखमा रिहाइ गने भन्ने आदेश गर्नेछ ।
लामिछानेलाई यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस