४०० केभीको दोस्रो ठूलो इनरुवा सबस्टेसन तयार, आज उद्घाटन गर्दै प्रधानमन्त्री
खबर एक्सप्रेस
२०८०-०९-०६ ०८:५८ मा प्रकाशित
Total Shares: 161
सुनसरी - सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको निर्माण सम्पन्न भएको छ ।
यो सबस्टेसन ढल्केबर पछिको दोस्रो ठूलो सबस्टेसन हो ।इनरुवा सब स्टेसनको आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने भएका छन् ।
विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि निर्माण गरिएको सब स्टेसनको प्रधानमन्त्री प्रचण्डले शुक्रवार बिहान १० बजे उद्घाटन गर्ने कार्यक्रम छ ।
फेसबुक पेज Like गर्नुहोस