जसपा विवाद : उपेन्द्र यादवको पक्षमा ३४ जनाले हस्ताक्षर गरे
काठमाडौं - निर्वाचन आयोगले ‘हेड काउन्ट’ को आधारमा सनाखत गर्दा उपेन्द्र यादवको पक्षमा ३४ जनाले हस्ताक्षर गरेका छन् । उपेन्द्र यादव पक्षका नेताहरुले अझै यो संख्या बढ्ने बताइ रहेका छन ।
आज निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारीकता टुंगो लगाउदै छ ।
जनता समाजवादी पार्टीमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच विवाद बढ्दै गएपछि यादवले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगले विवाद निरुपणका लागि इजलास गठन गरेर सुनुवाइ गर्दै आएको थियो । उसले केन्द्रीय कार्यकारिणी समितिमा रहेका ५१ सदस्यसहित हाजिर हुन दुबै पक्षलाई आदेश गरेको थियो ।
ठाकुर पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन् । जेलमा रहेका नेता रेशम चौधरीले कसको पक्षमा हस्ताक्षर गर्छन् भन्ने एकीन भएको छैन ।
फेसबुक पेज Like गर्नुहोस