काठमाडौं, एजेन्सी - अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा इंग्ल्यान्डले सहज जित निकालेको छ । गएराति भएको खेलमा इंग्ल्यान्डले आयरल्याण्डलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

वेम्बलीमा इंग्ल्यान्डलाई जित दिलाउन ह्यारी मग्वाएर, जाडोन सान्चो र डोमिनिक लेविनले एक एक गोल गरे ।

खेलको १८ औं मिनेटमा ह्यारीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ३१ औं मिनेटमा सान्चोले गोल गर्दा अग्रता दोब्बर बनाए ।५६ औं मिनेटमा लेविनले पेनाल्टीमा गोल गर्दै इंग्ल्यान्डलाई ३-० को जित दिलाए । अर्को मैत्रीपूर्ण खेलमा वेल्सले अमेरिकासँग गोल रहित बराबरी खेलेको छ ।