काठमाडौं - चीनले नेपाललाई थप तीन लाख डोज कोभिड–१९ को खोप दिने भएको छ । यससँगै चीनले कुल ८ लाख डोज खोप दिने भएको हो । 

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार साँझ एक ट्वीट गर्दै नेपाललाई अनुदानमा ८ लाख डोज खोप दिने निर्णय भएको बताएकी छन् ।

चीनियाँ खोपले नेपालमा आपतकालीन प्रयोगका लागि अनुमित प्राप्त गरिसकेको छ ।