लाजियोमाथि बायर्नको शानदार जित
काठमाडौं,एजेन्सी - जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा शानदारजित दर्ता गरेको छ ।
गएराति भएको खेलमा बायर्नले इटालियन क्लब लाजियोलाई उसकै मैदानमा ४-१ ले पराजित गरेको हो । खेलको नवौं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको २४ औं मिनेटमा जमाल मुसियालाले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । लेरोय सानेले ४२ औं मिनेटमा गोल गरेपछि पहिलो हाफमा बायर्न ३-० ले अघि बढ्यो ।
४७ औं मिनेटमा फ्रान्सिस्कोले आत्मघाती गोल गरेपछि बायर्नले ४-०को अग्रता लियो । त्यसपछि खेलको ४९ औं मिनेटमा एन्जल कोर्रियाले गोल गर्दै लाजियोलाई खेलमा फर्काउने आशा देखाएपनि सफल हुन सकेन ।
साविक विजेतासमेत रहेको बायर्नले अर्को चरणमा जाने सम्भावना बलियो बनाएको छ । अब दोस्रो लेग बायर्नको मैदानमा मार्च १७ मा हुनेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस