महाराजधिराजले आममाफी दिनुभएछ: नेपाल
खबर एक्सप्रेस
२०७८-०४-०८ ०५:०१ मा प्रकाशित
Total Shares: 396
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई महाराजधिराजको संज्ञा दिएका छन् ।
शुक्रबार ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले ओली अझै नसुध्रिएको बताए ।
‘हिजो महाराजधिराजबाट आदेश आयो, माधव कुमार नेपाल लगायतलाई सबैलाई आम माफी दिएँ । के त्यही हो कम्युनिष्ट आदर्श ? तर उहाँ अझै नसुध्रिनु भएको छैन ।’ नेपालले भने ।
नेता नेपालले कम्युनिष्ट आन्दोलन संकटमा परेको बताउँदै चुनौतीको सामना गर्दै अघि बढ्ने बताए ।
फेसबुक पेज Like गर्नुहोस