काठमाडौं - प्रतिबन्धित अनलाइन बेटिङ एप 'वान एक्स बेट'मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा ८ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ लगायत रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भने पक्राउ परेकाहरूको नाम गोप्य राखेको छ ।

उनीहरूमाथि सामाजिक सञ्जालका भिडियोहरूमार्फत वानएक्स बेटको विज्ञापन गरेको आरोप छ ।