चेल्सीको सहज जित
खबर एक्सप्रेस
२०७७-११-०४ १०:२८ मा प्रकाशित
Total Shares: 1586
काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिगमा चेल्सीले सहज जित हात पारेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा चेल्सीले न्युकासल युनाईटेडलाई २-० ले पराजित गरेको हो ।
खेलको ३१ औं मिनेटमा ओलिभर जिरुउडको गोलबाट चेल्सीले सुरुवाती अग्रता लिएको थियो । त्यसपछि ३९ औं मिनेटमा टिमो वेर्नेरले गोल गर्दै चेल्सीलाई २-०को सहज जित दिलाए ।
जितसँगै चेल्सी २४ खेलमा ४२ अंक जोडेर लिगको चौंथो स्थानमा उक्लिएको छ । पराजित न्युकासल २५ अंक जोडेर १७ औं स्थानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस