काठमाडौं - प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित भएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार सिन्धुपाल्चोक–२ बाट निर्वाचित कांग्रेस सांसद एवं पूर्वसञ्चारमन्त्री बस्नेतविरुद्ध  टेरामक्स प्रविधिका उपकरण खरिद घोटालामा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै बस्नेत सांसद पदबाट निलम्बित भएका हुन्।