देउवा समूहको प्रदेशस्तरीय भेला विराटनगरमा
काठमाडौं - नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आजदेखि प्रदेशस्तरीय भेला गर्दै छ ।
पार्टीले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत प्रदेशस्तरीय भेलाहरू गरिरहेकै बेला देउवा समूहले छुट्टै आन्तरिक रणनीति निर्माणका लागि प्रदेशस्तरीय छलफल सुरु गर्न लागेको हो । देउवा समूहले मंगलबार कोशी प्रदेशस्तरीय भेला मोरङको विराटनगरमा गर्दै छ । विराटनगरको बिग होटलमा बिहान ११ बजेदेखि भेला भइरहेको छ ।
भेलामा नेताहरूलाई एकताबद्ध राख्दै आन्तरिक छलफललाई प्रभावकारी बनाउन र वर्तमान राजनीतिक अवस्थालाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
देउवा समूहले आगामी राजनीतिक गतिविधि र संगठनात्मक रणनीतिलाई लक्षित गर्दै प्रदेशस्तरीय छलफललाई निरन्तरता दिने तयारी गरेको छ ।
जसका लागि बुधबार काठमाडौंमा बागमती प्रदेशस्तरीय भेला गर्ने भएको छ । भेला बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा दिउँसो १ बजेबाट सुरु हुनेछ ।

.gif)


फेसबुक पेज Like गर्नुहोस