पेट्रोलियम पदार्थको मूल्य बढ्यो
खबर एक्सप्रेस
२०८१-०१-०३ ०९:२० मा प्रकाशित
Total Shares: 90
काठमाडौं-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगम सञ्चालक समितिको बैठकले भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँको दरले बढाउने निर्णय गरेको हो ।
निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७८ रुपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टितेल १६१ रुपैयाँ पर्नेछ ।
बढेको मुल्य आजै राति १२ बजेदेखि लागू हुने छ ।
फेसबुक पेज Like गर्नुहोस