काठमाडौ,एजेन्सी - च्याम्पियन्स लिग फुटबलमा आज प्रि-क्वार्टरफाइनलको पहिलो लेगमा आज स्पेनिस क्लब बार्सिलोना र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) भिड्दैछन् । खेल नेपाली समयानुसार राति १:४५ बजे क्याम्प नोउमा हुनेछ ।

घरेलु मैदानमा हुने खेलमा बार्सिलोना जित निकाल्दै दोस्रो लेगका लागि सहज वातावरण बनाउने रणनीतिमा छ । यता, पीएसजी भने बार्सिलोनालाई उसकै मैदानमा पराजित गर्दै अघिल्लो चरणमा पुग्न चाहन्छ ।

आजको खेलमा पीएसजीका मुख्य खेलाडी नेयमार र एन्जेल डिमारिया भने मैदान बाहिर रहेका छन् । चोटका कारण उनीहरुले आजको खेल गुमाउने भएका हुन् । त्यसैले केलियन एमबाप्पेले टोलीको आक्रमण सम्हाल्नेछन् । माउरो इकार्डी, माउसे केन, जुलिया डिआक्स्लर र पाब्लो साराबियाले बार्सिलोनाविरुद्ध सुरुवात गर्ने सम्भावना छ ।

यता, बार्सिलोनाका सबै मुख्य खेलाडी फिट रहेका छन् ।