काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।  

सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन आइतबार प्रतितोलामा ४ सय रुपैयाँले  घटेर ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।  

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी प्रतितोला २० रुपैयाँले घटेर १ हजार १९५ रुपैयाँमा कारोबार भैरहेको छ ।