ह्याट्रिकसँगै रोनाल्डोले तोडे पेलेको कीर्तिमान
काठमाडौं,एजेन्सी - क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा युभेन्ट्सले सिरी एमा शानदार जित हात पारेको छ । गएराति भएको खेलमा युभेन्ट्सले काग्लियारीलाई ३१ले पराजित गरेको हो ।
खेलको १० औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । २५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर बनाए । रोनाल्डोले ३३ औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गर्न सफल भए । त्यसपछि खेलको ६१ औं मिनेटमा जियोभानीले एक गोल फर्काएपनि थप गोल हुन नसक्दा युभेन्ट्स ३-१ले विजयी बन्यो ।
ह्याट्रिकसँगै रोनाल्डोले ब्राजिलका महान् खेलाडी पेलेको कीर्तिमान भंग गरेका छन् । आइतबार रोनाल्डोले आफ्नो करियरको कूल गोलसंख्या ७७० पुयाएका छन् । पेलेले भने ७६७ गोल गरेका छन् । पेलेले सामाजिक सञ्जालमार्फत रोनाल्डोको प्रशंसासहित आफ्नो कीर्तिमान भंग गरेकोमा बधाइसमेत दिएका छन् ।
जितसँगै युभेन्टस २६ खेलबाट ५५ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । पराजित क्याग्लिएरी २२ अंक जोडेर १७औं स्थानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस