नेपाल कुनै पनि शक्ति राष्ट्रको सैन्य गठबन्धनमा सामेल हुँदैन : परराष्ट्रमन्त्री साउद
खबर एक्सप्रेस
२०८०-१०-०३ ०७:५९ मा प्रकाशित
Total Shares: 74
काठमाडौं - परराष्ट्रमन्त्री एनपी साउदले नेपाल कुनै पनि शक्ति राष्ट्रको सैन्य गठबन्धनमा सामेल नहुने बताएका छन् ।
युगाण्डाको काम्पालामा जारी असंलग्न राष्ट्रहरुको आन्दोलन नामको परराष्ट्र मन्त्रीस्तरीय बैठकलाई बुधबार सम्बोधन गर्दै मन्त्री साउदले यस्तो बताएका हुन् ।
उनले ती सैन्य गठबन्धनको हिस्सा हुन कहिल्यै स्वीकार नगर्ने पनि बताए । नेपालले कुनै पनि देशको सुरक्षा सम्झौता स्वीकार नगर्ने उनको भनाई छ ।परराष्ट्रमन्त्री साउदले नाम एक स्वतन्त्र र शक्तिशाली राजनीतिक आवाज बनेको पनि बताए ।

.gif)




फेसबुक पेज Like गर्नुहोस