थप ६ संक्रमितको मृत्यु
खबर एक्सप्रेस
२०७७-०९-२४ ०४:०७ मा प्रकाशित
Total Shares: 369
काठमाडौं - नेपालमा एकै दिन थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहीबार ४ जना संक्रमितको मृत्यु भएको थियो।
नेपालमा एकै दिन ५ हजार २ सय ६९ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ७४ हजार ५ सय ६१ पुगेको छ। हाल ३ सय ३८ क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस