काठमाडौँ - आज सुन र चाँदीको भाउ बढेको छ । आज छापावाल सुन तोलाको ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारभन्दा तोलामा ५ सय रुपैयाँको वृद्धि देखिएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलाको ७६५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार भन्दा आज तोलामा २० रुपैयाँको वेद्धि देखिएको हो ।