विराटनगरमा ल्याण्ड हुन नसकी फर्किएको बुद्ध एयरको जहाज त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण
खबर एक्सप्रेस
२०७८-०६-११ ११:३२ मा प्रकाशित
Total Shares: 276
काठमाडौं - विराटनगरमा ल्याण्ड हुन नसकेपछि काठमाडौं फर्किएको बुद्ध एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल ल्यान्ड भएको छ ।
सोमबार बिहान विराटनगरतर्फ उडेको जहाजको ल्याण्डिङ गियरमा समस्या आएपछि अवतरण हुन नसक्दा जहाज काठमाडौं फर्किएको थियो । त्यसलगत्तै विमानस्थलमा हाइअलर्ट गरिएको थियो ।
काठमाडौंको आकाशमा झन्डै १० फन्का लगाएपछि जहाज केहीबेर अघि मात्रै अवतरण भएको हो। अहिले स्थिति सामान्य रहेको विमानस्थल कन्ट्रोल रुमले जनाएको छ। यसअघि सो जहाज ल्याण्ड नहुन्जेसम्म विमानस्थलबाट कुनै उडान भरिएको थिएन ।

.gif)



फेसबुक पेज Like गर्नुहोस